Comments Add Comment

‘किन किन’मा दुई पुस्ताको कथा

गायक सोनाहाङ राईको स्वर रहेको नयाँ गीत ‘किन किन’ सार्वजनिक भएको छ । सार्वजनिक उक्त गीतमा पुरुत्तोम न्यैपानेको संगीत तथा गोविन्द हुमागाईंको शब्द रहेको छ । शान थापाको निर्देशनमा तयार भएको भिडियोमा दिपक आचार्य, सुनिता श्रेष्ठ, सिर्जना जिसी, दिप्सन लुइटेलको अभिनय छ । भिडियोमा बाल कलाकारको रुपमा सर्वज्ञ काफ्ले र उज्जवल शाक्यले अभिनय गरेका छन् । राजिव समर साहयक निर्देशक रहेको भिडियोमा अर्जुन तिवारीको छायांकन तथा सुप्रिम पराजुलीको सम्पादन रहेको छ ।

भिडियोमा छोराले आफ्नो श्रीमतीको कुरा सुनेर आफ्नो आमा बाबुलाई बृद्धाआश्रमसम्म पुर्याएको देखाइएको छ । निर्देशक थापाले अहिले नेपालमा भइरहेको वास्तविक कथालाई भिडियोमा उतारिएको बताए । उनले भने, ‘यस्तो कथा अहिले नेपालमा प्रसस्तै पाइन्छ । हामीले त्यसैलाई भिडियोमा उतारेका छौँ ।’

त्यस्तै गायक सोनाहाङ राई आफू गीतबाट निकै आशावादी भएको बताएका छन् । उनले भने, ‘गीतले अहिलेको समसामयिक कुराहरुलाई उठाएको छ । गीत अनुसारको भिडियो पनि राम्रो बनेको छ । गीतबाट धेरै आशावादी छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment