Comments Add Comment

उद्धारमा जुट्न गृहमन्त्रीको निर्देशन, केन्द्रीय दैविक प्रकोप समितिको बैठक बस्दै

१८ चैत, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले मातहतका सुरक्षा निकायलाई राहत, उद्दार तथा उपचारमा गम्भीर हुन निर्देशन दिएका छन् ।

बारा–पर्सामा गएराति आएको भीषण हावाहुरीमा २७ को मृत्यु र करिब ७ सय घाइते भएको बताउँदै उनले उद्दार र उपचारमा गम्भीर हुन निर्देशन दिएका हुन् ।

गृहमन्त्रीको सचिवालयका प्रेस संयोजक किरण भट्टराईका अनुसार, गएरातिदेखि घटनाको अपडेटमा रहेर थापा राहत, खोजी तथा उद्दारमा कुनै कसर बाँकी नराख्न निर्देशन दिइरहेका छन् ।

उनले सबै सुरक्षा निकायलाई समन्वनात्मक रुपमा परिचालित हुन पनि निर्देशन दिएका छन् । ‘पार्टी कार्यकर्तालाई पनि उद्दारमा सक्रिय हुन उहाँले आह्वान गर्नु भएको छ’, भट्टराईले भने ।

थापाले बारा र पर्सामा आएको हावाहुरीले ठूलो जनधनको क्षति पुर्‍याएको घटनाले दुःखी बनाएको बताउँदै मृतकप्रति श्रद्धाञ्जली व्यक्तसमेत गरेका छन् । उनले घाइतेको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरे ।

मन्त्रालय स्रोतका अनुसार अहिले साढे १० बजे केन्द्रीय दैविक प्रकोप व्यवस्थापन समितिको बैठक समेत बस्दैछ । बैठकले राहत, खोज तथा उद्दारमा थप निर्णय गर्ने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment