Comments Add Comment

हावाहुरीले महोत्तरीको विद्युत् सेवा अवरुद्ध

१८ चैत, महोत्तरी । जिल्लामा गएराति आएको हावाहुरीका कारण विद्युत् सेवा अवरुद्ध भएको छ । बारा र पर्सामा हावाहुरीले ठूलो क्षति पुगे पनि महोत्तरीमा भने मानवीय क्षति भएको छैन ।

हावाहुरीमा जिल्लाका विभिन्न स्थानका विद्युत् पोलमा क्षति पुर्याएपछि अधिकांश क्षेत्रको विद्युत सेवा अवरुद्ध भएको नेपाल विद्युत प्राधिकरण गौशाला वितरणका प्रमुख रोशन सिंहले बताए । हावाहुरीले धनुषाको विद्युत् सेवा पनि अवरुद्ध बनेको छ ।

सिंहका अनुसार, ७ विद्युत पोल र ३२ केवी प्रसारण लाइनमा हावाहुरीले क्षति पुगेको छ ।

प्राधिकरणका कर्मचारीहरु संयुक्त रुपमा विद्युत सेवा सञ्चालन गर्न बिहानदेखि प्राधिकरणका कर्मचारीहरु लागि परेको उनले बताए । उनले दिउँसोसम्ममा विद्युत् सेवा सञ्चालनमा आउने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment