+
+

बर्षासँग पलको यस्तो वाचा

अनलाइनखबर अनलाइनखबर
२०७५ चैत १८ गते १२:५०

जेठको ३ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘विर विक्रम २’को पहिलो गीत ‘पिरतीको मिठो तिर्सना’ले चलचित्र बजारमा राम्रै चर्चा पाइरहँदा यसको निर्माणपक्षले दोश्रो गीत सार्वजनिक गर्ने तयारी गरेको छ । सार्वजनिक हुन लागेको दोश्रो गीतमा नायक पल शाह र नायिका बर्षा सिवाकोटीलाई फिचरिङ गरिएको छ ।

चलचित्रको ट्रेलर अगावै दोश्रो गीत सार्वजनिक गर्ने यसको निर्माणपक्षले बताएको छ । अजरबैजान पुगेर छायांकन गरिएको दोश्रो गीतको बोल ‘बाचा छ कि मरेर पनि खाएको कसम’ हो । यो गीतमा ताराप्रकाश लिम्बु र दीपा लामाको स्वर, ताराकै संगीत छ भने नरेश भट्टराइको यसमा शब्द छ ।

मिलन चाम्सले निर्देशन गरेको चलचित्र ‘विर विक्रम २’मा पल र बर्षाको अलवा नाजिर हुसेनको मुख्य भूमिका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?