Comments Add Comment

बारा घटनाका घाइतेलाई प्रदिप र गोविन्दको ५० हजार सहयोग

आइतबार राती बारा र पर्सा जिल्लामा आएको हुरीका कारण जनधनको ठूलो क्षती भयो । यो घटनालाई लिएर नेपाली चलचित्र क्षेत्रका कलाकारहरुले पनि दुख व्यक्त गरिरहेका छन् । यसैविच चलचित्र ‘लभ स्टेशन’का नायक प्रदिप खड्का र निर्माता गोविन्द शाहीले यो घटनामा दुख व्यक्त गरेका छन् । उनीहरुले हुरी बतासबाट भएको क्षतीपछि भैरहेको उद्धार, उपचार, राहत र सहयोगमा आफूहरु पनि साथ रहेको बताएको छन् ।

हुरी बतासबाट भएको क्षती पछि उद्धार, उपचार, राहत र सहयोगमा आफुहरुको साथ रहेको उनीहरुले बताएका छन् । नायक प्रदिप खड्का र निर्माता गोविन्द शाहीले आफूहरुको तर्फबाट नगद ५० हजार सहयोग गर्ने बताएका छन् । काठमाण्डौमा पत्रकार सम्मेलनको आयोजना गर्दै उनीहरुले अन्य सहयोगका लागि पनि अपिल गरेका छन् ।

जिल्ला प्रशासन कार्यालय बाराका जिल्ला प्रशासन प्रमुख राजेश पौडेल संयोजकत्वमा रहेको जिल्ला बिपद ब्यबस्थापन कोष बारा मार्फत सो रकम पीडितहरुका लागि सहयोग गरिने नायक खड्काले बताएका छन् । उनीहरुले सहयोगका लागि निरन्तर पहल गर्ने पनि बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment