+
+

नबिल बैंकले ऋणपत्र निष्काशन गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७५ चैत १९ गते १७:५७

१९ चैत, काठमाडाैं । नबिल बैंकले जारी गर्न लागेको ऋणपत्र निष्काशन व्यवस्थापनको लागि लक्ष्मी क्यापिटल मार्केट लिमिटेडसँग निष्काशन व्यवस्थापन सम्झौता गरेको छ ।

उक्त सम्झौता बमोजिम बैंकले निष्काशन गर्न लागेको २ अर्ब बराबरको (२०,००,००० एकाइ ऋणपत्र प्रति एकाइ १,००० का दरले) ऋणपत्रको सार्वजनिक निष्काशन तथा व्यक्तिगत तवरमा विक्री कार्यको व्यवस्थापन लक्ष्मी क्यापिटलले गर्ने बैंकले जनाएको छ ।

सो सम्झौतामा बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह तथा लक्ष्मी क्यापिटलका तर्फबाट लक्ष्मी क्यापिटलका प्रमुख कार्यकारी अधिकृत राजिव सापकोटाले हस्ताक्षर गरेका छन् ।

लक्ष्मी क्यापिटल मार्केट लिमिटेड लक्ष्मी बैंकको पूर्ण स्वामित्व रहेको सहायक कम्पनी हो । लक्ष्मी क्यापिटलले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी धितोपत्र व्यवसायीको रुपमा प्राथमिक सेयर निष्काशन, पोर्टफोलियो व्यवस्थापन जस्ता सेवाहरु प्रदान गर्दै आईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?