+
+
WC Series
विराटनगर किंग्स 2025
144/8 (20)
VS
Lumbini Lions won by 5 wickets
Won लुम्बिनी लायन्स 2025
145/5 (17.5)
Shares

‘सानो मन’को महंगो सेटमा शिल्पा र आयुष्मानको छमछमी

अनलाइनखबर अनलाइनखबर
२०७५ चैत २१ गते १४:११

चलचित्र ‘सानो मन’को अहिले धमाधम छायांकन भैरहेको छ । चलचित्रमा समावेश एक गीतको भिडियोलाई बलिउडका कोरियोग्राफर साजन सिंहले कोरियोग्राफी गरेका छन् । रोमन बज्रचार्य, सुयोग गुरुङ र सिमा राइको स्वरमा समावेश ‘रानु कम्मर’ बोलको पार्टी गीतमा चलचित्रमा मुख्य कलाकारहरु आयुष्मान देशराज जोशी र शिल्पा मास्केको नृत्य हेर्न सकिन्छ ।

साजन बलिउडका चर्चित नायक सलमान खान ‘पर्सनल डान्स ट्रेनर’ समेत हुन् । साजनले ‘एबीसीडी र एबीसीडी २’मा अभिनय तथा सह–नृत्य निर्देशन गरेका थिए । चलचित्रका निर्देशक सुयोग गुरुङले भने–‘रानु कम्मरको भिडियो आर्थिक हिसाबले जती महंगो हुन पुगेको छ, त्यो भन्दा बढी क्वालिटीमा समेत देख्न पाइनेछ ।’

म्यूजिक लभस्टोरी जनरामा निर्माण भैरहेको यो चलचित्रको छायांकन अन्तिम चरणमा पुगेको छ । काठमाण्डौ, भैरहवा, हङकङ र मकाउमा छायांकन हुने चलचित्रका निर्माताहरु योगेश गुरुङ, राजिव श्रेष्ठ र राजेन्द्र मानन्धर हुन् । चलचित्रमा गौरी मल्ल, विशाल पहारी, शिशिर वाङ्देल, रश्मी भट्ट लगायतका कलाकारको पनि मुख्य भूमिका छ । आलोक शुक्लाको छायांकन रहेको चलचित्रमा समिर सुनवार र निर्देशक गुरुङकै कथा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?