+
+

रामपुर क्याम्पसका सहायक डिनमाथि विद्यार्थीको दुर्व्यवहार

अनलाइनखबर अनलाइनखबर
२०७५ चैत २१ गते १७:२७

२१ चैत, काठमाडौं । रामपुर कृषि तथा वन विज्ञान विश्वविद्यालयका कृषि संकायका प्रशासनिक सहायक डिन तथा प्राध्यापक विष्णुराज ओझामाथि विद्यार्थीले दुर्व्यवहार गरेका छन् ।

झारा टार्ने तरिकाले पढाएर कोर्स चाँडै सकेको भन्दै उनीहरुले दुर्व्यवहार गरेका हुन् । ३० दिनमा सकाउनुपर्ने कोर्स चार दिनमै २–२ घन्टाका दरले पढाएर ८ लेक्चरमा सकाएको विद्यार्थीको आरोप छ ।

आक्रोशित विद्यार्थीको समुहले ओझालाई कालोमोसो दल्नुको साथै जुत्ताको माला लगाएका थिए । प्रशासनलाई ओझाको विषयमा ध्यानाकर्षण गराउँदा पनि सुनवाई नभएपछि ‘कारवाही’ गरेको एक विद्यार्थीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?