+
+

प्रशिक्षकले जा भन्छ भने म यही गर्छु : नभास

अनलाइनखबर अनलाइनखबर
२०७५ चैत २१ गते १८:०१

२१ चैत, काठमाडौं । स्पेनिस क्लब रियल मड्रिडका गोलकिपर केइलोर नभासले प्रशिक्षक जिनेदिन जिदानले क्लब छोडेर जान आग्रह गरेमा आफू तयार रहेको बताएका छन् ।

पछिल्लो समयमा खराब प्रदर्शन गरेको रियल मड्रिडको निकै आलोचना भइरहेको छ । स्पेनिस ला लिगाअन्तर्गत भ्यालेन्सियासँगको खेलमा २–१ गोलअन्तरले पराजित भएपछि गोलकिपर नभासले प्रशिक्षक जिदानले भनेको खण्डमा आफू क्लब छाड्न तयार भएको बताएका छन् ।

नभासले भनेका छन्, ‘मसँग अझै सम्झौताको एक वर्ष समय छ तर यदि प्रशिक्षकले क्लब छाडेर जा भन्छ भने म त्यसै गर्छु ।’

भ्यालेन्सियासँगको खेलमा भने उनले खराब प्रदर्शन गरेका थिए । भ्यालेन्सियाले गरेको दुबै गोल बचाउन सक्ने अवस्था भए पनि नभासले रोक्न सकेनन् ।

रियल मड्रिडले ला लिगामा यो सिजन मात्रै ९ खेलमा पराजित भइसकेको छ । ३० खेलबाट ५७ अंक बनाएको रियल तेस्रो स्थानमा छ । उपाधि यात्राबाट निकै टाढा रहेको मड्रिडका लागि राम्रो प्रदर्शन गर्ने लक्ष्यमा सधै रहेको पनि गोलकिपर नभासले भनेका छन् ।

‘आफ्नो तर्फबाट म सधै उत्कृष्ट प्रदर्शन गर्ने छु र प्रशिक्षकलाई प्रमाणित गर्नेछु कि मैले खेल्नुपर्छ ।’ उनले भनेका छन्, ‘मसँग अझै सम्झौता छ र म रियलमा रहन चाहान्छु । तर हेरौं के हुन्छ । अघिल्लो सिजनमा जसरी यो पटक पनि अन्त्य गर्न चाहन्छु ।’

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १०, बुधबार
0 - 1
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?