Comments Add Comment

४ लघुवित्तको आईपीओ आउँदै

२२ चैत, काठमाडौं । पछिल्लो लघुवित्त वित्तीय संस्थाहरुको आईपीओमा आकर्षण बढ्दो छ । लघुवित्तहरुको थोरै परिमाणमा आईपीओ आउने तर मुनाफा राम्रो आर्जन गर्ने हुँदा आकर्षण बढ्दै गएको छ ।

मुलुकमा सञ्चालित ‘क’ वर्गका वाणिज्य बैंकहरुको भन्दा पनि लघुवित्तको सेयर मूल्य अधिक छ । जसका कारण लगानीका लागि सर्वसाधारणको रोजाइमा लघुवित्त पर्न सफल भएको छ ।

लघुवित्तमा लगानी गर्न चाहनेहरुका लागि खुसीको खबर छ । ४ वटा लघुवित्त वित्तीय संस्थाहरु साधारण सेयर जारी गर्ने तयारीमा छन् । जसमध्ये गणपति माइक्रोफाइनान्स वित्तीय संस्थाले आईपीओ जारी गर्न नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिसमेत पाइसकेको छ ।

यस संस्थाले ३ लाख ३५ हजार कित्ता साधारण सेयर जारी गर्न बोर्डबाट स्वीकृति पाएको हो । यसैगरी आईपीओ जारी गर्न अन्य ३ लघुवित्त वित्तीय संस्थाहरुले समेत बोर्डमा निवेदन दिइसकेका छन् ।

जसमध्ये जनसेवी लघुवित्त वित्तीय संस्थाले ४ लाख ६३ हजार ३ सय कित्ता, गुराँस लघुवित्त वित्तीइ संस्थाले २लाख ५० हजार कित्ता र स्वाभिमान लघुवित्त वित्तीय संस्थाले १ लाख ९८ हजार ६ सय १० कित्ता साधारण सेयर(आईपीओ) जारी गर्नका लागि बोर्डमा निवेदन पाएका हुन् ।

बोर्डबाट स्वकिृति पाएपछि उनीहरुले सर्वसाधारणका लागि आईपीओ जारी गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment