Comments Add Comment

‘दाल भात तरकारी’को मोफसल टुरमा हरिवंशदेखि आँचलसम्म

वैशाख २० गतेबाट रिलिज हुन लागेको चलचित्र ‘दाल भात तरकारी’ प्रतिक्षित बनेको छ । निरन्तर नेपाली चलचित्रको कथावस्तु कमजोर भैरहेको समयमा दर्शकले यो चलचित्रबाट आशा गरिरहेका छन् । यसअगाडि चलचित्र ‘शत्रु गते’ बनाएको टिमले बनाएका कारण पनि यो चलचित्रप्रति दर्शकको आशा बढेको हो ।

यसैविच, चलचित्रको टिमले मोफसल यात्राको सुरुवात गर्ने भएको छ । निर्माणपक्षले दिएको जानकारी अनुसार, चैत्र २५ गते बिर्तामोडबाट सुरु हुन लागेको मोफसल टुर वैशाख ४ गते पोखरासम्म चल्नेछ ।

निर्माण टिमका अनुसार, चैत्र २६ मा दमक, चैत्र २७ मा इटहरी, चैत्र २८ मा हेटौडा, चैत्र २९ मा चितवन, चैत्र ३० मा वुटवल, वैशाख १ गते नेपालगञ्ज, वैशाख २ गते दाङ र वैशाख ४ मा पोखरामा कन्सर्टको आयोजना हुनेछ । यो टुरमा चलचित्रका मुख्य कलाकार हरिवंश आचार्य, किरण केसी, शिवहरि पौडेल, आँचल शर्मा, पुष्प खड्काको साथमा गायिका जुनु रिजाल सहभागी हुनेछिन् ।

चलचित्रमा मदनकृष्ण श्रेष्ठ, निरुता सिंह, बर्षा राउतको पनि मुख्य भूमिका छ । सुदन केसीले यो चलचित्रको निर्देशन गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment