+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

काठमाडौंलगायतका स्थानमा मेघ गर्जनसहित वर्षा

३ दिन मौसम प्रभावित हुने

अनलाइनखबर अनलाइनखबर
२०७५ चैत २३ गते ८:३२

२३ चैत, काठमाडौं । काठमाडौं उपत्यकासहित देशका अधिकांश भागमा शनिबार बिहानैदेखि हल्का वर्षा भएको छ ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सुवास रिमाल सतहमा पूर्वी वायु र माथिल्लो वायुमण्डलमा पश्चिम वायुका कारण उपत्यकासहित देशका विभिन्न स्थानमा शुक्रबारदेखि नै वर्षा भइरहेको बताउँछन् ।

काठमाडौं उपत्यकामा शनिबार बिहान केहीबेर मेघ गर्जनसहित वर्षा भए पनि अहिले यहाँको आकाश बादलले धुम्मिएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार, काठमाडौंको यो अवस्था दिउँसो केहीबेर सुध्रिएर घाम लाग्ने छ । तर, अन्य स्थानको मौसममा भने तत्काल सुधार आउने सम्भावना छैन ।

मौसम पूर्वानुमान महाशाखाले अझै केही दिन हल्कादेखि मध्यम खालको वर्षा भइराख्ने प्रक्षेपण गरेको छ । ‘सतहमा पूर्वी वायु र माथिल्लो वायुमण्डलमा पश्चिम वायु चलेकाले देशका अधिकांश भागमा वर्षा हुनसक्ने देखिन्छ,’ मौसमविद् रिमालले अनलाइनखबरसँग भने ।

मौसमविद्का अनुसार, सोमबारसम्म देशका अधिकांश स्थानको मौसम यसैगरी प्रभावित भइरहने योग छ ।

पूर्वमा बनेको न्यूनचापीय रेखा र बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावा तथा स्थानीय वायुको प्रभावले बदलीसँगै हावाहुरी र हल्कादेखि मध्यम वर्षा भएको मौसमविदहरुको भनाइ छ ।

वर्षासँगै हावा र हुरीको सम्भावना पनि मौसम पूर्वानुमान महामशाखाले औंल्याएको छ । यसअघि गत आइतबार बारा र पर्सामा आकस्मिक हावाहुरी चल्दा २७ को मृत्यु भएको थियो भने कैयन घाइते भएका थिए ।

विपरीत स्वभावका वायु सक्रिय भएकाले २ दिन औसतभन्दा बढी नै हावाहुरी चल्ने मौसमविद् रिमाल बताउँछन् । तर, बारा र पर्सामा आइतबार गएजस्तो डराउनै पर्ने हावाहुरी जाने खतरा भने छैन ।

‘वायुका कारण  देशका अधिकांश स्थानमा औसतभन्दा बढी नै हावाहुरी चल्ने सम्भावना छ’, मौसमविद् रिमालले भने, ‘तर, आत्तिनै पर्ने खालको हावाहुरी चल्ने खतरा भने छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?