Comments Add Comment

नगरपालिकाको सेवा घरआँगनै पाउँदा स्थानीय मख्ख

२४ चैत, सिन्धुपाल्चोक । बाह्रविसे नगरपालिकाले सञ्चालन गरेको घुम्ती शिविरबाट घर आँगनमै सरकारी सेवा पाएपछि स्थानीयबासी मख्ख भएका छन् । समय र पैसा खर्च गर्दै नगरपालिका कार्यालयसम्म धाउने बाध्यता अन्त्य भएपछि स्थानीयबासी लाभान्वित भएका छन् ।

नगरपालिकाबाट प्रदान गरिने सेवालाई स्थानीयको घर आँगनमा नै दिने योजना अनुसार नगरपालिकाले प्रत्येक महिना घुम्ती शिवीर आयोजना गर्दै आएको छ । हालै नगरपालिकाले विकट कर्थलीमा पुगेर सेवा दिएको छ । कर्थलीमा आयोजना गरिएको घुम्ती शिवीरमा नागरिकता सिफारिस, बैंक खाता, निःशुल्क स्वास्थ्य परीक्षण लगायतका सेवाबाट पाँच सय बढी लाभान्वित भएको मेयर शेर्पाको भनाइ छ ।

घुम्ती शिवीरमा सबैभन्दा बढी कृषि र पशुसँग सम्बन्धीत सेवा लिन सेवाग्राहीहरुको भिड लागेको थियो । नगरपालिकाले आयोजना गर्ने शिवीरमा वडाका जेष्ठ नागरिकहरुलाई नगद २ हजार ५ सयसहित दोसल्ला र मिष्ठान भोजन खुवाएर सम्मान गरिएको थियो । निःशुल्क स्वास्थ्य परीक्षण र औषधी वितरण समेत गरिएको थियो ।

बाह्रविसे नगरपालिकाले घुम्थाङबाट सुरु गरेको घुम्ती शिवीर अभियान अहिलेसम्म चार वडामा सम्पन्न गरिसकेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत फणिन्द्र पौडेलले जानकारी दिए ।

शिवीर सञ्चालनको क्रममा नगरपालिकाले गर्नुपर्ने कामबारे सबैसँग स्थानीयबासीसँग परामर्शसमेत लिने गरेको छ । नगरपालिकाकी उपप्रमुख सुशीला पाखि्रनले एक चरण सबै वडामा शिवीर सकिएपछि फेरि दोस्रो चरणको अभियान सुरु गर्ने योजना रहेको बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment