+
+

‘रातो टिका निधारमा पैसाका कारण छाडेकी होइनँ’: जसिता गुरुङ

अनलाइनखबर अनलाइनखबर
२०७५ चैत २४ गते १२:०३

नायिका जसिता गुरुङले १० लाख पारिश्रमिक डिमाण्ड गरेका कारण चलचित्र ‘रातो टिका निधारमा’मा काम नगरेको चर्चा भैरहेको छ । तर, नायिका जसिता गुरुङले भने आफूले पारिश्रमिकका कारण यो चलचित्र नगरेको स्पष्ट पारेकी छिन् । मिडिया कुराकानीमा नायिका गुरुङले भनिन्–‘मैले रातो टिका निधारमा छाड्नुको कारण रकम होइन । मैले समाचारमा आएको भन्दा कम वा धेरै मागेकी पनि हुनसक्छु ।’

उसो भए कारण के त, जसिताले भनिन्–‘कथा मलाई मन परेको थियो । तर, मलाई मेरो क्यारेक्टरमा मैले आफूलाई पाइनँ । म यो भूमिकाका लागि पूर्ण रुपमा तयार हुन सकिनँ ।’ जसिताले अहिले नै यो खालको भूमिका गर्न आफू तयार नभएकाले चलचित्र छाडेको भन्दै साम्राज्ञीले गरेपनि आफूले गरेपनि राम्रो हुने तर्क गरेकी छिन् ।

चलचित्र ‘लिलिबिली’बाट यो क्षेत्रमा भित्रिएकी जसिताले अभिनय गरेको दोश्रो चलचित्र ‘लभ स्टेशन’ अहिले हलमा लागिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?