Comments Add Comment

२६ बर्षमा बर्षा, यस्तो छ फिल्मी यात्रा

नायिका बर्षा सिवाकोटी म्यूजिक भिडियोमा राम्रै चलिरहँदा चलचित्रमा प्रवेश गरिन् । चलचित्र ‘नाई नभन्नु ल २’मा काम गरेपछि उनी नायिका बनिन् । बर्षाले ‘नाई नभन्नु ल २’बाट आफ्नो चलचित्र यात्रा सुरु त गरिन्, तर ‘पुरानो बुलेट’सम्म आइपुग्दा आफूलाई सुरक्षित बनाउन अझै सकेकी छैनन् । उनले चलचित्र ‘पशुपति प्रसाद’मा छोटो भूमिकामा काम गरेपनि राम्रै चर्चा पाएकी थिइन् ।

तर, चलचित्र ‘विर विक्रम २’मा काम गरेपछि र यो टिमसँग जोडिएपछि उनी अब आफू सुरक्षित भएको तर्क गर्छिन् । आजबाट २६ बर्षमा लागेकी यी सुन्दरीले जन्मदिनको खासै ठूलो योजना बनाएकी छैनन् । बरु, एक बिहानै उनी पशुपतिनाथको पुजा गर्न पुगिन् ।

उनको यतिबेला एउटै कामना छ, ‘विर विक्रम २’को सफलता । यो चलचित्र चलिदिएको खण्डमा उनको करिअरले नयाँ बाटो लिनेछ । बर्षाको स्वभाव धेरै मिडियामा नआउने र मनमा लागेको कुरा बोलिदिनेछ । यसैले, कहिलेकाही उनको बोलीले उनलाई विवादमा पनि ल्याउने गर्दछ । तर, पनि बर्षा आफूलाई यसले खासै फरक नपार्ने बताउँछिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment