Comments Add Comment

विराटको टिम आरसीबीविरुद्ध दिल्ली बलिङ गर्दै, सन्दीप पनि टिममा

Photo Credit : आईपीएल

२४ चैत, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल क्रिकेटमा सन्दीप लामिछानेको टिम दिल्ली क्यापिटल्सले विराट कोहली कप्तानी रहेको रोयल च्यालेन्जर्स बेंग्लोरविरुद्ध बलिङ गर्ने भएका छन् ।

बेंगलुरुमा घरेलु टोली बैंग्लोरविरुद्ध दिल्लीले टस जितेर बलिङ रोजेको हो । बेंग्लोर छैटौं खेलमा आएर जितको खोजिमा हुनेछ । यसअघिसम्मको सबै खेलमा बेंग्लोर पराजित भएको छ । अहिलेसम्म बेंग्लोर अंकविहीन छ ।

यता, दिल्ली पनि आफ्नो बैंग्लोरलाई पराजित गर्दै लिगमा तेस्रो जितको खोजिमा रहेको छ । दिल्लीले खेलको पाँच खेलमध्ये दुई खेलमा जित हात पारेको छ भने तीन खेलमा पराजित भएको छ ।

बेंग्लोरविरुद्ध सन्दीप लामिछानेपनि टिममा परेका छन् । सन्दीपको यो चौथो खेल हुनेछ । पछिल्लो दिल्लीको खेलमा सन्दीप लगातार पर्दै आएका छन् ।

प्लेइङ इलाभेनः

दिल्ली 

पृथ्वी शाव, शिखर धवन, श्रेयस ऐयर (कप्तान), कोलिन इनग्राम, रिशव पन्त, क्रिस मोरिस, अक्षर पटेल, कागिसो रबडा, राहुल टेवाटिया, इशान्त शर्मा र सन्दीप लामिछाने ।

बेंग्लोर 

पार्थिव पटेल, विराट कोहली (कप्तान), एबी डिभिलियर्स, मार्कुस स्टोइनिस, मोइन अली, अक्षदीप नाथ, युचभिन्द्रा चाहल, पवन नेगी, नभदीप साइनी, मोहम्मद सिराज र टिम साउथी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment