+
+

प्रदेश १ का सांसदले मागे निर्वाचन क्षेत्रको बजेट कार्यान्वयनको अख्तियारी

अनलाइनखबर अनलाइनखबर
२०७५ चैत २४ गते १८:२३

२४ चैत, बिराटनगर । प्रेदश १ का प्रदेशसभा सदस्यहरुले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रममार्फत् छुट्याइएको बजेट कार्यान्वयको चरणमा ढिलाई भएको भन्दै प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन् ।

आइतबार बसेको प्रदेशसभा बैठकको शून्य समयमा बोल्दै ताप्लेजुङका कांग्रेस सांसद प्रतापप्रकाश हाङगामले पूर्वाधार विकास कार्यक्रमको बजेटमा अख्तियारी प्रदान गर्न सरकारसँग माग गरे ।

उनले चालु आर्थिक बर्षको दोस्रो चौमासिक सकिन लाग्दा पनि स्थानीय तहमार्फत् हुने काममा अख्तियारी नदिंदा योजना पूरा हुने नहुने भन्ने अन्योलता छाएको बताए ।

संघीय समाजवादी फोरमका प्रदेश सभासदस्य रामचन्ऽ लिम्बूले संघीय सरकारले प्रतिबन्ध गरेपनि लोरा जेपाम औषधिको खुल्लागर्न प्रदेश सरकारसंग माग गरे।

‘जाँडरक्सी सेवन गरेर कुलतमा फस्नेहरुको आदत सुधार गर्नका लागि यो औषधि आवश्य छ, प्रदेश सभा सदस्य लिम्बूले भने, ‘औषधिको उपयोगितालाई हेरेर अस्पताल र डाक्टरहरुको रिफारिषमा यो औषधि खरिद गर्न पाउनुपर्छ ।’

प्रदेशसभाले सहकारी सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक दफावार छलफलका लागि सामाजिक विकास समितिमा पठाउन सहमति दिएको छ ।

सहकारी विधेयकमा १३ जना सांसदले संशोधन दर्ता गराएका थिए । यसका लागि आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले विधेयकलाई सामाजिक विकास मन्त्रालयमा पठाइयोस् भनि प्रस्ताव पेश गरेका थिए ।

प्रदेश पर्यटन विधेयकमा संशोधन हाल्न बैठकले ७२ घण्टाको समय दिएको छ । त्यसैगरी प्रदेशसभाको बैठकमा उद्योग, पर्यटन, वन तथा वतावरणमन्त्री जगदिशप्रसाद कुसियैतले प्रदेश पर्यटन विकास सम्बन्धमा व्यवस्था गर्न विधेयक उपर उठेको प्रश्नको जवाफ दिए ।

कुसियैतले कानून सतप्रतिशत पूर्ण नहुने बताउँदै पर्यटन सम्बन्धी विधेयकलाई पूर्ण बनाउन सदनकै हात रहने बताउँदै भने, ‘पर्यटनसँग सम्बन्धित कानूनलाई व्यवस्थित बनाउने अझ घनिभूत छलफल गर्न विधेयकलाई समितिमा पठाउन सकिन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?