+
+
Shares

अर्घाखाँचीमा जीप दुर्घटना, तीन जनाको मृत्यु, १० घाइते

अनलाइनखबर अनलाइनखबर
२०७५ चैत २५ गते १६:३५
Photo Credit : घनश्याम पौडेल

२५ चैत, बुटवल । अर्घाखाँचीको भूमिकास्थान नगरपालिका ८ लात्तेबाझमा जीप दुर्घटना हुुँदा तीन जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेहरुमा प्युठान ऐरावती गाउँपालिका २ का ५० वर्षीय धनबहादुर राना, १४ वर्षीया मनिका आचार्य र अन्दाजी ५ वर्षीय एक बालकको मृत्यु भएको प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

दुईजनाको घटनास्थलमै र बालकको सन्धीखर्क अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । उकालो सडकमा ब्रेक फेल भएपछि जीप सडकबाट तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

जिपमा १८ जना यात्रु रहेका थिए । घाइतेमध्ये ८ जनालाई थप उपचारको लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल रिफर गरेको र अन्य घाइतेको सन्धिखर्कमै उपचार भइरहेको प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?