
२५ चैत, काठमाडौं । नेपाल दलित संघको पाँचौ राष्ट्रिय महाधिवेशन आगामी जेठमा हुने भएको छ । काठमाडौंमा बसेको संघको पूर्ण बैठकले ०७६ जेठ २५ देखि २७ गतेसम्म रुपन्देहीमा महाधिवेशन गर्ने निर्णय गरेको हो ।
बैठकले महाधिवेशनका लागि आयोजक जिल्लाको समेत सहभागिता रहने गरी ५५१ सदस्य मूल आयोजक समिति पनि गठन गरेको छ ।
साथै संघको नीति तथा कार्यक्रम, विधान मस्यौदासहितका १५ वटा विभिन्न विषयगत समितिसमेत गठन गरिएको महासचिव लक्ष्मी परियारले जानकारी दिइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4