+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

अपहरणको आरोपमा ४ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७५ चैत २६ गते १३:५२

२६ चैत, काठमाडौं । अपहरणको आरोपमा प्रहरीले भक्तपुरबाट ४ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी बृत्त जगातीबाट खटिएको प्रहरी टोलीले कपन चुनिखेलका ३२ वर्षीय धनलाल श्रेष्ठसहित ४ जनालाई पक्राउ गरेको हो । पक्राउ परेका ३ जनाको नाम भने खुलाइएको छैन ।

उनीहरुले भक्तपुरको चाँचुनारायण नगरपालिका-९ ताथली हललमा डेरामा बस्ने झापा दमक नगरपालिका-९ दूधेका २५ वर्षीय सन्तोष लिम्बुलाई अपहरण गरेको आरोप छ ।

बा९च १८०१ नम्बरको कारमा सन्तोषलाई जबर्जस्ती राखी लगेको सूचना पाएपछि खटिएको प्रहरी टोलीले भक्तपुर नगरपालिका-९ ब्रम्हायणीबाट सन्तोषको उद्दार गरी ४ जनालाई गाडीसहित पक्राउ गरेको जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?