 
																			२६ चैत, वुटवल । जातीय छुवाछुत अन्त्य लागि महाकाली—मेची पैदलयात्रामा रहेका पैदलयात्री बुटवल आइपुगेका छन् ।
गत चैत ३ गते सुदुरपश्चिमको महाकाली दोधारा चादनीबाट पैदल यात्रामा निस्केका होमराज आचार्य, अशोक दर्नाल र रीता परियारलाई मंगलबार बुटवलमा स्वागत गरिएको छ ।
बुटवल उपमहानगरपालिका, रेडियो जागरण, परियार सेवा समाज, सिर्जनशील सहयात्री सार्की समाज, बुटवल सुनचाँदी व्यवसायी संघ, दलित महिला संघ र विश्वकर्मा महिला समाजले संयुक्त रुपमा पैदल यात्रीहरुलाई बुटवल नेपालगञ्ज रोडबाट बाजागाजासहित र्याली निकालेर स्वागत गरेका हुन् ।
र्यालीपछि आयोजित कार्यक्रममा बुटवल उपमहानगरका नगरप्रमुख शिवराज सुवेदीले छुवाछुत सामाजिक अपराध भएकाले यसको अन्त्य गर्ने दायित्व सबैको भएको बताए । ‘आदतका रुपमा छुवाछुतको सामन्तवाद देखिएको छ, अब यसलाई निर्मम ढंगले हेर्नुपर्छ’उनले भने ।
पूर्वसांसद विनोद पहाडीले २०५८ सालमै बुटवललाई छुवाछुतमुक्त नगर घोषणा गरेर जातीय भेदभावको बारेमा निगरानी समेत गर्ने गरेको उदाहरण दिदै जातीय छुवाछुत अन्त्यका लागि अब थप नमूना काम गर्ने बेला आएको बताए ।
पैदलयात्रामा रहेका अभियन्ता होमराज आचार्यले छुवाछुत अन्त्य साझा मुद्धा बन्नुपर्ने र गैरदलित पनि सामेल हुनुपर्छ भन्ने सन्देशसहित पदयात्रा सुरु गरिएको बताए ।
दलित समुदायलाई उत्प्रेरणा दिनका लागि पदयात्रा गरिएको अर्का अभियन्ता रीता परियारले बताइन् । २४ औं दिनमा हिडेर बुटवल आएको टोली देवदह, सुनवल, बर्दघाट चितवन हुदै झापा पुगेर पैदलयात्राको विट मार्ने अभियन्ता अशोक दर्नालले बताए ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4