Comments Add Comment

सौराहामा ध्रुबे र रोनाल्डोको छोराको कुस्ती ! (फोटो फिचर)

२६ चैत, चितवन । सौराहाको हात्ती प्रजनन केन्द्रमा यतिबेला छावाहरुको रमाइलो छ । यहाँ पुग्ने पर्यटकहरुलाई हात्तीका छावाहरु खेलिरहेको र आफ्ना आमासँग लुटपुटिएका दृश्यले मोहित पार्छ ।

उनीहरु कहिले आमासँग खेलिरहेका हुन्छन् त कहिले अरु हात्तीसारमा पगेर पनि भुल्छन् । हात्ती प्रजजन केन्द्रको पछिल्लो पाहुना हो लोकतन्त्रकलीको छोरा । डेढ महिनाको यो छावाको नाम राखिएको छैन ।

लोकतन्त्रकलीको यो छावो ध्रुबे हात्तीको छोरा हो । निकुञ्जबाहिर आएर वितण्डा मच्चाउँदै दुई दर्जन बढीको ज्यान लिएको ध्रुबेले पनि दुई वर्षअघि लोकतन्त्रकलीसँग सहबास गरेको थियो । त्यही सहबासपछि जन्मिएको छावा अहिले प्रजनन केन्द्रको मुख्य आकर्षण छ । उसको सानो छावा उफ्रिएर खेलिरहेको देखिन्छ ।

यसबाहेक प्रजजन केन्द्रमा अरु साना छावाहरु पनि छन् । रुद्रकलीको छोरा कमलप्रसाद पनि सानो छ । यो ४ महिनाको भयो । यो हाल प्रजजन केनद्रमा सहबासका लागि आइपुगेको रोनाल्डोको छोरा हो । अहिले प्रजजन केन्द्रमा प्रेरणाकली र चितवनकली पनि आकर्षक पक्ष बनेका छन् ।

यी साना छावाहरु एक अर्काप्रति प्रेम दर्शाउँदै रमाइरहेको दृश्यले त्यहाँ पुग्ने पर्यटकलाई भुलाउँछ । कतिपय छावा आफ्नो आमा छोडेर अरु हात्तीसम्म पनि पुगेर खेलिरहेको भेटिन्छ ।

हात्ती प्रजनन केन्द्रमा रहेका यी हात्तिीका छावा सौराहाका शानका रुपमा छन् । जसले सौराहामा पर्यटक प्रवद्र्धन गर्न स्वतः भूमिका खेलिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment