Comments Add Comment

के सगरमाथाको उचाइ घटेको हो ? प्रधानमन्त्रीले भने-मलाई विश्वास लागेन

Photo Credit : PM Press

२७ चैत, काठमाडौं । के चार वर्षअघिको विनाशकारी भूकम्पले विश्वको सर्बोच्च शिखर सगरमाथाको उचाइ घटेको हो ? प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि यो प्रश्नले सताएको रहेछ । बुधवार विहान सगरमाथाको उचाइ मापन गर्न जाने सरकारी टोलीलाई बिदाइ गर्ने क्रममा प्रधानमन्त्रीले आफूलाई भने पत्यार नलागेको सुनाए ।

प्रधानमन्त्री निवास बालुवाटारबाट नापी विभागको टोली विदाइ गर्दै उनले भने-भूकम्पले सगरमाथाको उचाइ घटेको भन्ने छ । तर मलाई भरपर्दो लागेन । केही समयअघि ८,८५० मिटर पुग्यो भन्ने पनि आयो । त्यही आसपासमा होला, घटेको हुनु नपर्ने हो ।

प्रधानमन्त्री ओलीले विदेशीहरुले विभिन्न समयमा फरक-फरक उचाइ पेश गरे पनि आफूलाई भने विश्वास नलागेको बताउँदै विश्वको सर्वोच्च शिखर र नेपालको गौरव भएकाले यथार्थ उचाइ सार्वजनिक गरिने बताए ।

यो पनि पढ्नुहोस सगरमाथाको उचाइ नाप्ने नेपाली टोलीको विदाइ

ओलीले एक सेन्टिमिटर पनि फरक नपर्ने गरी सगरमाथाको उचाइ नाप्न निर्देशन दिँदै भने-सगरमाथाको टुप्पोमा स्केल राखेर एक सेन्टिमिटर पनि फरक नपर्ने गरी यथार्थ उचाइ नाप्नुहोला । तर आफ्नो स्वास्थ्यको पनि ख्याल गर्नू, बलजफ्ति नगर्नू ।

प्रधानमन्त्रीले मौसमले साथ नदिएमा वा स्वास्थ्यमा खराबी आउँदा आउँदै सगरमाथा आरोहण नगर्न सुझाव समेत दिए । उनले अनुभवी गाइडहरुले दिएको निर्देशनअनुसार चल्न सरकारी आरोहण टोलीलाई सुझाव दिए ।

कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पद्मा अर्यालले सगरमाथाको उचाइ नाप्ने टोलीलाई दिइएको कार्यादेशबारे जानकारी गराएकी थिइन् ।

सगरमाथाको उचाइ नाप्ने टोलीमा नापी विभागका प्रमुख खिमलाल गौतम, रविन कार्की, सुरज सिंह भण्डारी र युवराज धिताल रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment