Comments Add Comment

मलाइकाको आक्रोश–‘मदेखि टाढा रहेको नै राम्रो’

आइटम गर्ल मलाइका अरोडा र नायक अर्जुन कपुरको बिहे चर्चाले भारतीय मिडिया गर्माइरहेको छ । यसैविच, मलाइकाले अर्जुनसँगको होलिडे मनाउने क्रममा राखेको एउटा तस्बिरमा पनि निकै नै भद्दा कमेन्ट आएको थियो । उनको पेटमा स्ट्रेच माक्र्स देखिएपछि उनलाई लिएर निकै नै खराब कमेन्ट आएको थियो ।

तर, ट्रोल गर्नेहरुको यस्तो खालको कमेन्टमा मलाइकाले गतिलो जवाफ दिएकी छिन् । ट्विटरमा उनले आफ्नो विकिनकी तस्बिर शेयर गरेकी छिन् । तस्बिर शेयर गर्दै मलाइकाले लेखेकी छिन्–‘खुशी बन्ने या नबन्ने भन्ने कुरा तपाइको इच्छामा निर्भर रहन्छ । जहाँसम्म मेरो खुशीको कुरा छ, म त सधै नै खुशी रहन नै चाहन्छु । मलाई लाग्छ कि, मुस्कानले मेरो अनुहारमा अझै चमक ल्याउँछ । तपाई सबैजनाको सोच निकै नै नकारात्मक छ, यसैले तपाइहरु म भन्दा टाढा रहँदा नै राम्रो हुन्छ ।’

मलाइकाले यो प्रतिक्रिया आफ्नो तस्बिरलाई लिएर ट्रोल गर्नेहरुलाई लक्षित गरेर लेखेकी थिइन् । उनले आफ्नो सुन्दरताको कारण पनि मुस्कान भनेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment