Comments Add Comment

अन्जान यूवासँग जान्वीको बोरिङ डेट

बलिउडमा पछिल्लो समयकी हट केक नायिका हुन् जान्वी कपुर । चलचित्र ‘धडक’बाट बलिउडमा प्रवेश गरेकी जान्वीलाई अहिले मिडियाले पछ्याइरहेको छ । उनको करिअरसँगै व्यक्तिगत जीवनको विषयमा पनि विभिन्न समचारहरु आइरहेका हुन्छन् ।

मिडिया रिपोर्टका अनुसार जान्वी चलचित्र ‘धडक’का नायक ईशान खट्टरसँग प्रेम सम्बन्धमा छिन् । तर, यो कुरालाई न जान्वीले स्विकारेकी छिन् न त ईशानले नै । उनीहरुको प्रेम हल्लै हल्लामा सिमित भएको छ । यस्तैमा, जान्वीले एक अन्जान केटासँग डेट गरेको खुलासा गरेकी छिन् । हालै दिएको एक अन्तर्वार्तामा उनले यस कुराको खुलासा गरेकी हुन् । एक सुपरमार्केटमा भेटिएका युवासँग उनले डेट गरेकी थिइन् ।

जान्वीले एक भिडियोमा उक्त युवालाई सुपरमार्केटमा भेटेपछि आफ्नो नम्बर दिएको बताएकी छिन् । उनले भनेकी छिन्, ‘उसले त्यहाँ नम्बर माग्यो मैले दिएँ । पछि म्यासेजमा कुरा भयो ।’ केही दिनपछि उक्त युवाले जान्वीलाई डेटको अफर गरेका थिए । उक्त कुरालाई स्विकार्दै जान्वी डेट गएकी थिइन् । तर, उक्त डेट निकै बोरिङ भएको जान्वीले बताएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment