Comments Add Comment

लक्ष्मी बैंकको ११औं माउन्टेन साइकल र्‍याली सम्पन्न

२८ चैत, काठमाडाैं । लक्ष्मी बैंकको ‘गो ग्रिन’ तथा नेपाल पर्यटन वोर्डको ‘भिजिट नेपाल २०२०’ अभियानलाई प्रवर्धन गर्ने उद्देश्यले माउन्टेन साइकल र्‍याली सम्पन्न भएको छ ।

र्यालि पोखरा औद्योगिक क्षेत्रबाट प्रारभ्भ भई वाटरफ्रन्ट रिसोर्टसम्मको १३ किलोमिटरसम्म भएको थियो । उक्त साइकल र्यालीको प्रायोजकका रुपमा लक्ष्मी बैंक तथा सहप्रायोजकका रुपमा प्राइमलाईफ इन्स्युरेन्स तथा रेडबुल रहेका थिए ।

कार्यक्रमको सहयोगी संस्थाका रुपमा जेन्टस् पार्क, टेरामोटर्स, यति एयरलाइन्स, डाबर नेपाल तथा सिविक हस्पिटल रहेका थिए । साइकल यात्रा मुक्ति एण्ड रिभाइबलको लाइभ कन्सर्ट एवं साइकल स्टन्ट, स्थानीय झाँकी तथा अन्य थुप्रै आकर्षक कार्यक्रमहरुका साथ सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment