Comments Add Comment

आईसीसी यू-१९विश्वकप छनोटमा नेपालले सिंगापुरसँग खेल्दै

२९ चैत, काठमाडौं । आईसीसी यू-१९ विश्वकप क्रिकेटअन्तर्गत एसिया क्षेत्र छनोट प्रतियोगितामा नेपालले शुक्रबार सिंगापुरसँग आफ्नो पहिलो खेल खेल्दै छ ।

सेलंगोर टर्फ क्लबमा नेपाली समयअनुसार बिहान सात बजेर ४५ मिनेटमा सिंगापुरसँग नेपालले प्रतिस्पर्धा गर्न लागेको हो । बलियो टिमको रुपमा परिचित नेपाल आफ्नो पहिलो खेलमा सिंगापुरलाई पराजित गर्दै सुखद सुरुवात गर्ने लक्ष्यमा छ । सिंगापुर भने नेपाललाई हराउने लक्ष्यमा हुनेछ ।

यो पनि पढ्नुहोस मेरै कप्तानीमा नेपाललाई यू-१९ विश्वकप खेलाउँछु : रोहितकुमार

रोहितकुमार पौडेलको कप्तानीमा नेपाली टिम मैदानमा उत्रिदैछ । सिनियर राष्ट्रिय टिमका चार जना खेलाडी र अनुभवी खेलाडीको बाहुल्यता रहेको नेपाल एसिया क्षेत्र छनोटको विजेता बन्दै विश्वकपमा पुग्ने लक्ष्यमा छ ।

प्रतियोगिताको पहिलो दिन नै आयोजक मलेसियाले यूएईसँग प्रतिस्पर्धा गर्दा शुक्रबार नै कुबेतले ओमानसँग प्रतिस्पर्धा गर्नेछ ।

नेपालले आफ्नो दोस्रो खेल यूएईविरुद्ध किनरारा ओभल मैदानमा प्रतिस्पर्धा गर्नेछ । त्यस्तै, तेस्रो खेलमा नेपालले मलेसियासँग प्रतिस्पर्धा गर्नेछ । चौथो खेलमा ओमानसँग खेल्ने नेपालले आफ्नो पाँचौ खेलमा कुबेतविरुद्ध खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment