+
+
Shares

४ अर्ब थन्क्याउन नागरिक लगानी कोषले खोज्यो बैंक

अनलाइनखबर अनलाइनखबर
२०७५ चैत २९ गते ९:३१

२९ चैत, काठमाडौं । नागरिक लगानी कोषले करोडौं रुपैयाँ थन्क्याउन बैंकको खोजी थालेको छ ।

सरकारी तथा निजी कर्मचारीहरूको रकम बचत गर्दै आएको कोषले ४ अर्ब ७५ करोड रुपैयाँ १ वर्षसम्म राख्न बैंकको खोजी गरेको हो ।

कोषमा जम्मा भएको रकम मुद्दति निक्षेपमा लगानी गर्न बैंकको खोजी थालिएको कोषको लगानी महाशाखाले जनाएको छ ।

निक्षेपमा लगानी गर्न कोषले मापदण्ड तोकेको छ । महाशाखाका अनुसार, नेपाल राष्ट्र बैंकबाट ‘क’ प्लस वर्गमा सूचीकृत बैंकले मात्र मुद्दति निक्षेपमा लगानीका लागि आवेदन दिन सक्नेछन् ।

कुल चुक्ता पुँजी ८ अर्ब पुर्‍याउन लागेको कोषले लिन चाहेको रकम, व्याजदर र व्याज भुक्तानी गर्ने समयावधि उल्लेख गरी सिलबन्दी प्रस्ताव बुझाउन योग्यता पुगेका बैंकहरुलाई आहृवान गरेको छ । प्रस्ताव ०७६ वैशाख १ गतेसम्म बुझाउन सकिनेछ ।

कोषले मुद्दति निक्षेप लगानीका लागि बैंकहरुलाई आहृवान गर्ने गरेको छ । यसअघि गत माघमा कोषले २ अर्ब ९० करोड रुपैयाँ यसैगरी आवेदन मागेर थन्क्याएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?