Comments Add Comment

अब प्रत्यक्ष रेडियो संवादबाट लगानीकर्ताका गुनासोको समाधान

२९ चैत, काठमाडौं । नेपाल धितोपत्र बोर्डले लगानीकर्तासँग प्रत्यक्ष रेडियो संवाद कार्यक्रम सञ्चालन गर्ने भएको छ । बोर्डले लगानीकर्ताका गुनासा समाधानलाई थप व्यवस्थित, प्रभावकारी र मितव्ययी बनाउन प्रत्यक्ष रेडियो संवाद कार्यक्रम प्रशारण गर्ने भएको हो ।

बोर्डको नीति तथा कार्यक्रममा धितोपत्र बजार गतिविधि तथा गुनासाहरुको सम्बन्धमा प्रत्येक तीन महिनामा सार्वजनिक सुनुवाई कार्यक्रम सञ्चालन गर्ने गरेको छ ।

लगानीकर्ताको धितोपत्र तथा वस्तु विनिमय बजारसम्बन्धी सचेतना अभिवृद्धी गर्ने, धितोपत्र बजारसम्बन्धी आम लगानीकर्ताहरुको गुनासा÷समस्याहरु सुन्ने र सो को समाधान गर्दै जाने उद्देश्यले लगानीकर्ताहरुसँग प्रत्यक्ष रेडियो संवाद कार्यक्रम प्रशारण सुरु गर्न लागिएको बोर्डले जनाएको छ ।

कार्यक्रम मासिक रुपमा रेडियो कान्तिपुरबाट प्रशारण हुने बोर्डका प्रवक्ता निरज गिरीले जानकारी दिए । कार्यक्रम प्रसारणका लागि बिहीबार बोर्ड र कान्तिपुर एफएम प्रालिबीच सम्झौता भएको उनले बताए ।

‘लगानीकर्तासँग प्रत्यक्ष रेडियो संवाद कार्यक्रम’ हरेक महिनाको पहिलो बुधबार बिहान साढे ७ बजेदेखि ८ बजेसम्म प्रशारण हुनेछ ।

यस श्रृखंलाको पहिलो कार्यक्रम आउँदो बैशाख ४ गते बुधबार प्रशारण गर्ने तय भएको छ । साथै यो कार्यक्रमलाई क्रमशः पाक्षिक र साप्ताहिक रुपमा परिणत गर्दै प्रशारण गर्ने समेत बोर्डको योजना छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment