Comments Add Comment

मातृभूमि कपमा नेपाल बी विजयी

काठमाडौं । मातृभूमि कप च्यारिट क्रिकेट ज्ञानेन्द्र मल्लको कप्तानीमा रहको नेपाल ‘बी’ले जितेको छ ।

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम बनाउन सहयोग जुटाउने उद्देश्यले शनिबार त्रिवि मैदान कीर्तिपुर कलाकार ए र बी तथा नेपाल ए र बी बीच च्यारिट म्याच भएको थियो ।

मल्लको कप्तानीमा रहेको नेपाल बीले पारस खड्काको नेतृत्वमा रहेको नेपाल बीलाई २४ रनले हराएको छ ।

नेपाल बीले दिएको १४५ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरको खेलमा ७ विकेट गुमाउँदै १२० रन मात्र जोड्न सक्यो । उसका लागि अनिलकुमार शाहले ४१ र शरद भेषावकर २७ रन जोडेपछि अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् ।

सुसन भारीले ४ विकेट लिए भने करण केसी, दिपेन्द्र सिंह ऐरि र जितेन्द्र मुखियाले १/१ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको नेपाल ‘बी’ ले निर्धारित २० ओभरमा ५ विकेट गुमाउदै १४४ रन बनाएको थियो । उसका लागि प्रदिप ऐरीले ४६ रन जोड्दा बिनोद भण्डारीले ३०, राजु रिजालले २० र दिपेन्ऽ सिंह ऐरीले १८ रनको योगदान दिए ।

भुवन कार्कीले २ विकेट लिँदा सोमपाल कामी, शरद भेषावकर र अभिनाष बोहराले १/१ विकेट लिए ।

कलाकार ए विजयी

त्यसअघि कलाकारहरुको खेलमा मदनकृष्ण श्रेष्ठ नेतृत्वको कलाकार ए ले ५ रनको जित निकालेको छ ।

पहिले ब्याटिङ गरेको कलाकार ‘ए ले निर्धारित १० ओभरमा ५ विकेट गुमाउँदै ७६ रन बनायो । उसका लागि कुमार कट्टेलले २९ रन बनाए ।

जवाफमा उत्रिएको कलाकार ‘बी’ ले ५ विकेट गुमाएर ७१ रन मात्र बनाउन सक्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment