Comments Add Comment

काठमाडौंमा कहिले आइपुग्ला रेल ?

२ वैशाख, काठमाडौं । लुक्लामा भएको हवाई दुर्घटना र प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्षका अवसरमा देशबासीका नाममा गरेको सम्बोधन आजका सबैजसो दैनिक पत्रिकाहरुको प्राथमिकतामा परेको छ । त्यस्तै, पूर्वप्रधान्यायाधीशहरुले गरेको सरकारी गाडी दुरुपयोग, मेडिकल कलेज ठगी, रेल मार्ग विकासमा भइरहेका प्रयासलगायत विषयलाई पनि आजका दैनिक पत्रिकाहरुले उठाएका छन् ।

अन्नपूर्णले ‘लुक्लामा फेरि जहाज दुर्घटना’ शीर्षक दिएर प्रमुख समाचार लेखेको छ । रित्तै मन्थली फर्कने क्रममा रहेको समिट एयरको जहाज चिप्लिएर दुर्घटना भएको अन्नपूर्णकाे समाचारमा उल्लेख छ ।

प्रधानमन्त्री विपक्षीमाथि आक्रामक बनेको अर्को खबर पनि अन्नपूर्णमा छ । देशबासीका नाममा प्रधानमन्त्रीले आइतबार गरेको सम्बोधनको भाषाको विश्लेषण गर्दै अन्नपूर्णले प्रधानमन्त्री विपक्षीमाथि आक्रामक बनेको निष्कर्ष निकालेको हो ।
आइतबार प्रधानमन्त्री केपी ओलीले विपक्षीलाई नन्दीभृंगीको संज्ञा दिँदै आन्दोलन नगर्न सुझाएका थिए ।

रेलमार्ग विकास आमनेपालीको चासोको विषय छ, यतिबेला । अन्नपूर्णले आज यही रेलमार्ग विकासमा भइरहेको प्रयास र प्रयत्नबारे पनि सोधीखोजी गरेको छ ।

अन्नपूर्णका अनुसार, रेल मार्ग विकासका लागि द्रुत गतिमा काम हुन सकेको छैन । केही बजेट छुट्याएको सरकारले यसबारे सम्भाव्यता अध्ययन गरे पनि यसबाहेकका कामले गति लिन सकेकाे छैन ।

अन्नपूर्णमा चन्द्रशेखर अधिकारी लेख्छन्–चिनियाँ पक्षले प्रतिबद्धताअनुसार रेलमार्ग निर्माणमा पहल गरेको छैन भने भारतीय पक्षले पनि अध्ययन मात्र गरेको छ । दुवैतर्फबाट काठमाडौं आउने रेलमार्गको सम्भाव्यताको प्रारम्भिक अध्ययन भएको छ । चिनियाँ पक्षले रकमसमेत निकालिसकेको छ भने भारतीय पक्षले सम्भावना रहेको बताएको छ । चिनियाँ पक्षले प्रतिबद्धताअनुसार रेलमार्ग निर्माणमा पहल गरेको छैन भने भारतीय पक्षले पनि अध्ययन मात्र गरेको छ । दुवैतर्फबाट काठमाडौं आउने रेलमार्गको सम्भाव्यताको प्रारम्भिक अध्ययन भएको छ । चिनियाँ पक्षले रकमसमेत निकालिसकेको छ भने भारतीय पक्षले सम्भावना रहेको बताएको छ ।

भारतको बजार सुनिश्चित नगरी चीन रेल ल्याउने पक्षमा नरहेकाे अन्नपूर्णकाे विश्लेषण छ ।

कान्तिपुरले बिहानैदेखि हतारोमा रहेको समिटको टर्वोलेट विमान आठौं उडान भर्ने क्रममा दुर्घटना भएको लेखेको छ । त्यस्तै, काठमाडौं विश्वविद्यालयले एमबीबीएसलगायत चिकित्सा शिक्षा विषय पढ्ने विद्यार्थीसँग विलम्ब शुल्ककै चर्को व्याज उठाउने गरेको अर्को खबर पनि कान्तिपुरमा छ । समाचार अनुसार ब्याजसहित विलम्ब शुल्क नतिरे काठमाडौं विश्वविद्यालयले इन्टर्नसिपमा विद्यार्थी फेल गराइदिने गरेको गुनासो विद्यार्थीहरुले गरेका छन् ।

धरानको डाँडामा ब्रिटिस लाहुरेले बनाएको पार्कबारे अन्नपूर्णले एंकर बनाएको छ ।

लुक्ला हवाई दुर्घटनाबारे प्रमुख समाचार बनाएको नागरिकले सत्य निरुपण तथा मेलमिलाप आयोगको ४ वर्षको समीक्षा गरेको छ । नागरिकका अनुसार आयोगका ४ वर्ष लक्ष्यअनुरुपको काम गर्नेभन्दा पनि दोषारोपणमै गुज्रिएकाे छ ।

राजधानीले सर्वोच्च अदालतमा आर्थिक वर्ष ०७४/७५ मा पूर्वप्रधानन्यायाधीशदेखि अदालतमा कार्यरत कर्मचारीले गरेको वैदेशिक भ्रमणमा भएको ५ करोड रुपैयाँभन्दा बढी बेरुजु देखिएको लेखेको छ । बोलपत्र आह्वान गर्नुपर्नेमा सोझै सामान खरिद र किनबेचसमेत भएको महालेखापरीक्षक कार्यालयको प्रतिवेदनलाई उद्धृत गर्दै राजधानीले समाचारमा छापेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment