Comments Add Comment

टस जितेर नेपाल फिल्डिङमा, कमल सिंहले झारे २ विकेट

Photo Credit : File Photo

२ वैशाख, काठमाडौं । आईसीसी यू-१९ विश्वकप क्रिकेटअन्तर्गत एसिया क्षेत्र छनोट प्रतियोगितामा नेपाल र मलेसियाबीचको खेल जारी छ ।

आयोजक मलेसियाविरुद्ध बायोमास ओभलमा जारी खेलमा नेपालले जस जितेर फिल्डिङ रोजेको छ । टस हारेर पहिले ब्याटिङ गरेको मलेसियाले पहिलो ओभरमै विकेट गुमाएको छ ।

मलेसियाका अस्लम खान शुन्य रनमै आउट भएका हुन् । उनलाई कमलसिंह ऐरीले आफ्नो पहिलो ओभरको तेस्रो बलमा आउट गराए । कमलसिंहले ४.२ ओभरमा दोस्रो विकेटको रुपमा वान अमिरुललाई आउट गरे ।

पहिलो खेलमा सिंगापुरलाई २१७ रनले पराजित गरेको नेपाललाई दोस्रो खेलमा भने वषर्ा बाधक बनेपछि यूएईसँग डिएल मेथोडमा एक रनले पराजित भएको थियो ।

विश्वकपमा छनोट हुनका लागि अब नेपालले बाँकी सबै खेल जितेर मात्रै हुदैन । युएईले पनि कुनै एक खेल हार्नु पर्ने हुन्छ । तर अन्य टिम कमजोर भएका कारण यूएई हार्ने सम्भावना निकै कम छ । जसले गर्दा विश्वकपमा पुग्ने नेपालको सम्भावना निकै कम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment