Comments Add Comment

अष्ट्रेलियाको विश्वकप खेल्ने टिम घोषणा, स्मिथ र वार्नरको पुनरागमन

२ वैशाख, काठमाडौं । अष्ट्रेलियाले आसन्न विश्वकपका लागि टोली घोषणा गर्दा स्टिभ स्मिथ र डेभिड वार्नरले पुनरागमन गरेका छन् ।

मार्च २०१८ को बल टेम्परिङ काण्डपछि निलम्बनमा रहेका स्मिथ र वार्नर दुवैले त्यसयता एकदिवसीय खेलेका छैनन् । दुवैको निलम्बन हटेपछि पनि अष्ट्रेलियाले ओडीआई म्याच खेलेको थियो ।

तर इण्डियन प्रिमियर लिगमा व्यस्त भएका कारण स्मिथ र वार्नर टोली घोषणाको क्रममा अनुपस्थित रहे ।

फास्ट बलर जोस हृयाजलउड टोलीमा परेनन् । उनी टोलीमा पुनरागमन गर्न प्रयासरत थिए । टोलीमा दुई स्पिनर एडम जाम्पा र नाथन लायन छन् भने पेश बलरहरु मिचेल स्टार्क, पेट कोमिन्स, जेसन बेहरेनडोर्फ जेई रिचर्डसन र नाथन कल्टर नाइल छन् ।

अलराउण्डरका ग्लेन म्याक्सबेल र मार्कस स्टाइनिस छन् भने एलेक्स केरी एक्ला विकेटकिपर हुन् । शन मार्स, उस्मान ख्वाजा र कप्तान एरोन फिन्च पनि १५ सदस्यीय टोलीमा छन् ।

३२ वर्षीय वार्नरमाथि प्रतिवन्ध लागेको बेला ख्वाजा र फिन्चले ओपनिङ सम्हालेका थिए ।

भारत र पाकिस्तानविरुद्धको सिरिज खेलेका पिटर हृयाण्ड्सकोम्ब र २६ वर्षीय अलराउण्डर एस्टन टर्नर टोलीमा परेनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment