+
+
Shares

नेपाल, भारत र चीनकी चेलीले एकसाथ सगरमाथा चढ्ने

अनलाइनखबर अनलाइनखबर
२०७६ वैशाख २ गते १७:०१

२ वैशाख, काठमाडौं । ‘नेपाल भ्रमण वर्ष २०२०’ लाई सघाउ पुर्‍याउने उद्देश्यका साथ तीन महिलाले सर्वोच्च शिखर सगरमाथाको आरोहण गर्ने भएका छन् ।

नेपालकी कान्छीमाया तामाङ, भारतकी कल्पना दास र चीनकी लियामू मालाई सोमबार संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटाले नेपालको झण्डा र नेपाल भ्रमण वर्ष २०२० को लोगो हस्तान्रण गरे ।

कान्छीमाया तामाङले सगरमाथाको सफल आरोहण गरी तामाङ समूदायकै पहिलो सगरमाथा आरोहीको कीर्तिमान बनाइसकेकी छन् भने भारतकी कल्पना दासले ६ हजार मिटर उचाईका हिमालहरुको सफल आरोहण गरिसकेकी छन् ।

चीनकी माले पनि यसअघि सगरमाथाको सफल आरोहण गरिसकेकी छन् ।

रोहण दलको नेतृत्व १८ पटक सगरमाथाको सफल आरोहण गरेर विश्व कीर्तिमान राख्न सफल पेम्बादोर्जे शेर्पाले गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?