+
+
Shares

आइएमई जेटीआई टेनिस टुर्नामेन्ट शुरु

अनलाइनखबर अनलाइनखबर
२०७६ वैशाख २ गते १७:२५

२ बैशाख, काठमाडौं । आइएमई जेटीआई ग्राण्ड जुनियर एकल ओपन टेनिस प्रतियोगिताको दोस्रो संस्करण शुरु भएको छ ।

आइएमई ग्रुपको संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत आइएमई फाउन्डेसनको आयोजनामा गत वर्षदेखि हुँदै आएको प्रतियोगितामा यसपटक पोखरा बुटवल लगायत देशका अन्य स्थानबाट १ सय ११ जना प्रतिष्पर्धीहरू सहभागी हुनेछन् ।

कूल तीन लाख २६ हजार रुपैयाँ पुरस्कार राशिको उक्त एकल प्रतियोगिताको उद्घाटन आइएमई फाउन्डेसनका अध्यक्ष तथा आइएमई ग्रुपका प्रवन्ध निर्देशक हेमराज ढकाल, काठमाडौं टेनिस संघका उपाध्यक्ष गोपाल दास मानन्धर, गृह मन्त्रालयका सुरक्षा सल्लाहकार डा. इन्द्रजीत राई र टेनिससंघका पुर्व अध्यक्ष हेम लामाले संयुक्त रुपमा सोमबार दशरथ रङ्गशालामा गरे ।

८ वर्षदेखि १४ वर्षसम्मका वालबालिकाहरुले भाग लिने उक्त प्रतियोगिता शनिबारसम्म दशरथ रङ्गशालामा संचालन हुनेछ ।
आइएमई फाउन्डेसन आइएमई ग्रुपद्वारा संचालित एक मुनाफा रहित परोपकारी संस्था हो ।

आइएमई ग्रुपले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गतका कार्यहरू यहि फाउन्डेसन मार्फत गर्दै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?