Comments Add Comment

बसको ठक्करले मोटरसाइकल चालकको मृत्यु

२ वैशाख, रौतहट । गौर– चन्द्रनिगाहपुर सडकखण्डमा भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

सोमबार दिउँसो वृन्दावन नगरपालिका ६ हर्साह नजिकै ना ४ ख ६१११ नम्बरको बसले गौरबाट चन्द्रपुर तर्फ आउँदै गरेको ना ४६ प ९६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक सर्लाहीका किसन साहको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

मोटरसाइकलमा पछाडि बसेकी आरती साह गम्भीर घाइते भएकी छन् । ठक्कर दिने बस प्रहरी नियन्त्रणमा रहेको छ, चालक भने फरार रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment