Comments Add Comment

भर्खरै आईपीओ जारी गरेको स्पर्शको कमाई ६० लाख

३ वैशाख, काठमाडौं । केहि साता अघिमात्रै सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) जारी गरेको स्पर्स लघुवित्त वित्तीय संस्था लिमिटेडले ६० लाख रुपैयाँ नाफा आर्जन गरेको छ । संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैयमासमा ६० लाख रुपैयाँ खुद मूनाफा आर्जन गरेको हो ।

यस अघि भने यस लघुवित्त घाटामा रहेको थियो । अघिल्लो वर्षको सोहिअवधिमा ५६ लाख रुपैयाँ नोक्सानमा रहेको स्पर्शले एक वर्ष पछि भने नाफा बढाएको हो ।

लघुवित्तले खुद व्याज आम्दानीमा ४५० प्रतिशतले वृद्धि गरी २ करोड २४ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफामा ८४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । जसले खुद व्याज आम्दानीमा अत्याधिक नाफा बढाएको छ भने नोक्सानमा रहेको संचालन मुनाफा यस त्रैमासमा भने राम्रो प्रगति गरेको छ ।

स्पर्स लघुवित्तको जोखिम युक्त सम्पत्ति १४ दशमलव ९९ प्रतिशत रहेको छ भने निष्कृय कर्जा शुन्य दशमलव ४६ प्रतिशत रहेको छ । जसको प्रति शेयर आम्दानी वार्षिक ९ दशमलव ७१ रुपैयाँ, प्रतिशेयर नेटवर्थ १०७ दशमलव ५४ रुपैयाँ र तरलता अनुपात ९ दशमलव ७३ प्रतिशत रहेको छ ।

संस्थाले गत फागुन २६ गतेदेखि २९ गतेसम्म आईपीओ बिक्री गरेको थियो । उक्त आईपीओमा आवेदन दिने मध्ये २५ हजार २०० जनाले गोलाप्रथाबाट १० कित्ताका दरले सेयर पाएका थिए । हालसम्म पनि स्पर्शको सेयर नेप्सेमा सूचीकृत भने भएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment