+
+

विप्लव समूहका नेता ज्वाला जेल चलान

अनलाइनखबर अनलाइनखबर
२०७६ वैशाख ३ गते १३:२६

३ वैशाख, काठमाडौं । नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका जिल्ला इन्चार्ज बीरबहादुर घलान ज्वालालाई जिल्ला अदालतले कारागार पठाएको छ ।

सोमबारको थुनछेक आदेपछि अदालतले ज्वालालाई १८ हजार धरौटी माग गरेको थियो । धरौटी रकम बुझाउन नसकेपछि अदालतले ज्वालालाई भीमफेदी कारागार लगिएको हो ।

न्यायाधीश ध्रुवकुमार पियाको एकल इजलासले ज्वालासँग धरौटी माग गर्ने आदेश दिएको थियो । धरौटी रकम बुझाउन नसकेपछि उनलाई भीमफेदी कारागार पठाएको हो ।

केही महिनाअघि मनहरी गाउँपालिका वडा नं ३ मा विस्फोटक पदार्थ भेटिएको घटनामा उनी संलग्न भएको भन्दै प्रहरीले पक्राउ गरेको थियो । उनलाई सोमबार अदालत पेश गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?