Comments Add Comment

मोटेहरुको सौन्दर्य प्रतियोगिता हुने, आवेदन खुला

३ वैशाख, काठमाडौं । धेरै युवाहरु शरिरको मोटोपना बढ्दा चिन्तित हुन्छन् । उनीहरुलाई यो खबरले खुशी तुल्याउनेछ । नेपालमा पहिलोपटक मोटेहरुको सौन्दर्य प्रतियोगिता आयोजना हुँदैछ ।

मोडल सङ्स नेपालले ग्लोरी मिडियासँगको सहकार्यमा ‘मिस्टर प्लस साइज नेपाल’ आयोजना गर्न लागेको हो । प्रतियोगितामा १६ देखि ५५ बर्ष उमेर समूहका विवाहित तथा अविवाहित पुरुषहरुले भाग लिन सक्नेछन् । १६ देखि २५ बर्ष उमेर समूहका लागि ६० केजीभन्दा माथिको तौल र २५ बर्ष भन्दा माथिका लागि ७० केजीभन्दा माथिको तौल हुनुपर्ने प्रावधान तोकिएको छ ।

आयोजक संस्था मोडल सङ्स नेपालका प्रमुख डेबिल सिंह राजपुतका अनुसार अडिसनमार्फत छनोट हुने प्रतिस्पर्धीहरुलाई करिव एक महिना लामो विशेष प्रशिक्षण प्रदान गरिने छ । जसमा प्रतिस्पर्धिहरुलाई नेपालका ख्यातिप्राप्त ट्रेनर, कोरियोग्राफरबाट मोडलिङसम्वन्धी ज्ञान तथा प्रशिक्षण दिइनेछ ।

यसै संस्थाले २ वर्षदेखि नेपालमै पहिलोपटक महिलाहरुका लागि सुपर प्लस साईज मोडल नेपाल आयोजना गरी आयोजना गर्दै आएको छ । मिस्टर प्लस साईज नेपाल प्रतियोगिताले मोटोपनाका कारण हिनतावोध भएका युवाहरुलाई प्रोत्साहन मिल्ने ग्लोरी मिडियाका प्रबन्ध निर्देशक सरोज ओझाले बताए ।

प्रतियोगिताका विजेता तथा उत्कृष्ट तीन जना रनरअपहरुले विभिन्न गिफ्ट ह्याम्परहरुको साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका बिभिन्न फेशन शो तथा सौन्दर्य प्रतियोगिताहरुमा समावेश हुने अवसर प्राप्त गर्ने जानकारी आयोजक संस्थाले दिएको छ ।

प्रतियोगितामा सहभागी हुन ईच्छुक प्रतिस्पर्धीहरुको निम्ति अडिसन फाराम वितरण कार्य बैशाख २ गतेबाट प्रारम्भ भएको राजपुतले जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment