Comments Add Comment

अनाथ बालबालिकालाई सोसियल सस्टेनेबल युथ फाउन्डेसनको सहयोग

३ बैशाख, काठमाडौं । सोसियल सस्टेनेबल युथ फाउन्डेसनले अनाथ बालबालिकालाई शैक्षिक सामग्री वितरण गरेको छ ।

फाउन्डेसनले संकलित रकमबाट शैक्षिक सामग्री तथा खाद्यान्न किनेर शनिबार काठमाडौंको गौशालास्थित ज्येष्ठ नागरिक तथा बालबालिका सहयोग मञ्च नेपालमा रहेका १० अनाथ बालबालिकालाई वितरण गरेको हो ।

फाउन्डेसनका अध्यक्ष विनोद जोशीले सानो सहयोग पनि अनाथ बालबालिकालाई ठूलो काम लाग्ने भन्दै आगामी दिनमा पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

अध्ययनमा विशेष ध्यान दिन उनले बालबालिकालाई आग्रह गरेका छन् । ‘सेवा नै धर्म हो, सबै एकवद्ध भई मित्रभावले शैक्षिक उत्थानका लागि जुटौँ’ भन्ने उद्देश्यले सहयोग गरिएको फाउन्डेसनले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment