
३ वैशाख, काठमाडौं । वर्ष २०७६ को दोस्रो कारोबार दिन सेयर बजारमा हरियाली छाएको छ । वर्षको पहिलो कारोबार दिन सोमबार सानो अंकले उकालो लागेको सेयर बजारमा मंगलबार ठूलो अंकको वृद्धि देखिएको छ ।
मंगलबार कारोबार मापक नेप्से परिसूचक २३.३३ अंकले बढेर १ हजार १ सय १२ दशमलव ०५ अंकमा पुगेको छ । नेप्से परिसूचकसँगै कारोबार रकममा समेत राम्रो सुधार देखिएको छ ।
दिनभर भएका ८ हजार ९ सय ७८ कारोबारबाट १ सय ७० कम्पनीका २४ लाख ११ हजार ६ सय ५० कित्ता सेयर किनबेच भएका छन् । जसअनुसार कारोबार रकम ७४ करोड २७ लाख १८ हजार रुपैयाँ बढी पुगेको छ ।
कारोबार हुने सबै समूहहरुमा हरियाली छाउँदा सबै भन्दा धेरै जीवन बीमाका लगानीकर्ताहरुले कमाएका छन् । यस समूहको ८०.१९ अंकले बढेको छ ।
कारोबार रकमका आधारमा मंगलबार एनएमबि बैंक पहिलो स्थानमा देखिएको छ । यस बैंकको ६ करोड ७० लाख रुपैयाँ बढीको सेयर कारोबार भएको छ ।
करिब ५ करोड रुपैयाँ सेयर कारोबार भएर एनआईसी एशिया दोस्रो स्थानमा देखिएको छ । प्रभु बैंक, सिभिल बैंक र नेपाल बैंक क्रमशः तेस्रो, चौथो र पाँचौं स्थानमा देखिएका छन् ।
प्रतिक्रिया 4