Comments Add Comment

प्रदेश ५ लाई अपाङ्गमैत्री बनाउँछौं : मन्त्री बराल

३ वैशाख, बुटवल । प्रदेश ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालले प्रदेश ५ लाई छिट्टै अपाङ्गमैत्री प्रदेश बनाउने बताएका छन् ।

राष्ट्रिय अपाङ्ग महासंघको आठौं महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई बधाइ दिँदै उनले अपाङ्गता भएका व्यक्तिमा फरक प्रकृतिको क्षमता हुने बताए । ‘अपाङ्गमैत्री नीति नियम बनाउनै बाँकी छ, हामीले सक्नेजति प्रयास गर्ने नै छौं’ मन्त्री बरालले भने ।

उनले राज्यले उनीहरुको विशेष क्षमतालाई पहिचान गरी क्षमताको उचित कदर र उचित अवसर प्रदान गर्नेमा ढुक्क हुन समेत आग्रह गरे । हजारौ चुनौतीको सामना गर्दै व्यक्ति सफल हुने भन्दै बरालले उक्त सफलताको पाटोमा अपांगता भएका व्याक्तिहरुको क्षमता साच्चै नै अनुकरणीय रहेको पनि बताए ।

उनले भने ‘अपाङ्ता भएका व्याक्तिहरुलाई मुलधारमा ल्याउनको लागि हरेक सचेत नागरिकहरुले साथ दिनुपर्दछ, राज्यस्तरबाट हुने अवसरमा कुनै पनि कमी हुन दिने छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment