Comments Add Comment

ग्यालेक्सी ए २० नेपाली बजारमा

३ वैशाख, काठमाडौं । सामसङ नेपालले नेपाली उपभोक्तामाझ ग्यालेक्सी ए २० प्रस्तुत गरेको छ । कम्पनीले ग्यालेक्सी ए सिरिजअन्तर्गतको तेस्रो स्मार्टफोन नेपाली बजारमा सार्वजनिक गरेको हो ।

अर्थपूर्ण आविष्कारका साथ बजारमा प्रस्तुत गरिएको यो फोनले उत्कृष्ट कार्य प्रदर्शन गर्ने विश्वास कम्पनीको छ । फोनमा उत्कृष्ट ड्युअल क्यामेराका साथ अल्ट्रा-वाइड लेन्स, नेक्स्ट-जेन इन्फिनिटी-भी डिस्प्ले छ भने चाँडो चार्ज हुने शक्तिशाली ४ हजार एमएएचको ब्याट्री उपलब्ध छ ।

उत्कृष्ट अनुभव प्रदान गर्ने यस स्मार्टफोनमा मंगलबारका उपभोक्तालाई आवश्यक पर्ने सम्पूर्ण कुरा राखिएको छ । यसमा शानदार भ्युइङ अनुभवका लागि ६.४ इन्चको एचडी इन्फिनिटी-भी डिस्प्ले राखिएको छ ।

फोनमा सुपर एमोलेड प्रविधि, इमर्सिव भिडियो भ्युइङको लागि बेस्ट कलर रिप्रोडक्सन रहेको छ । फोनमा भएको १३ मेगापिक्सलको प्राइमरी लेन्सले कम उज्यालोको अवस्थामा पनि उत्कृष्ट फोटो खिच्न सकिने सुविधा प्रदान गर्दछ ।

ए २० मा एक्जीनस् ७८८४, अक्टाकोर प्रोसेसर रहेको छ भने यसमा ३ जिबि र्याम तथा ३२ जिबि इन्टर्नल मेमोरी छ । ग्यालेक्सी ए२० को नेपाली बजार मूल्य २० हजार ४ सय ९० रुपैयाँ रहेको छ । यो सुनौलो, नीलो र कालो गरी ३ आकर्षक रंगमा उपलब्ध छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment