+
+
Shares

भक्तपुरमा बस र टिपर ठोक्किँदा १ जनाको मृत्यु

रासस रासस
२०७६ वैशाख ५ गते १०:०२

५ वैशाख, भक्तपुर । सूर्यविनायक नगरपालिका–१०, भातेढिकुरमा गएराति  बस र टिपर एकआपसमा ठक्कर खाएर दुर्घटना हुँदा १ जनाकाे मृत्यु भएको छ भने  दुई  जना घाइते भएका छन् ।

भक्तपुरबाट बनेपातर्फ जाँदै गरेको बा३ख १७८४ नंको बस र बनेपाबाट भक्तपुरतर्फ आउँदै गरको बा४ख ४८१५ नंको टिपर एकापसमा ठक्कर खाएर भएको दुर्घटनामा सिन्धुपाल्चोक चौतारा साँगाचोक नपा–३ बतासे बस्ने ३४ वर्षीय बस मालिक रमेश भण्डारीको मध्यपुर अस्पतालमा उपचारको क्रममा आज बिहान मृत्यु भएको महानगरीय प्रहरी परिसर,  भक्तपुरले जानकारी दिएको छ ।

दुर्घटनामा घाइते बसका मालिक भण्डारीको मध्यपुर अस्पतालमा उपचारको क्रममा आज बिहान सवा ६ बजे मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा बस चालक सिन्धुपाल्चोक चौतारा साँगाचोक–३ बतासेका २४ वर्षीय सन्तोष थापा र टिपर चालक सिन्धुपाल्चोक चौताराका २८ वर्षीय देवकुमार श्रेष्ठ घाइत भई मध्यपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?