
वैशाख ५, कैलाली । धनगढी उपमहानगरपालिका–६, ढुङ्गेबजार नजिकबाट प्रहरीले लागु औषधसहित दुई जनालाई पक्राउ गरेको छ ।
धनगढी उपमहानगपालिका–११, बेलाका ५१ वर्षीय मोतीलाल राना र धनगढी उपमहानगरपालिका–६ मटियारीका २५ वर्षीय रमेश मल्ललाई प्रहरीले लागुऔषध खैरो हेरोइनसहित पक्राउ गरेको हो ।
से २ प ७८९८ नम्बरको मोटरसाइकल रोकेर चेकजाँच गर्दा उनीहरुको साथबाट १८ ग्राम ३७० मिलिग्राम खैरो हेरोइन फेला परेको जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए ।
पक्राउ परेका दुवैै जनालाई थप अनुसन्धानका लागि अहिले जिल्ला प्रहरी कार्यालय, कैलालीमा राखिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4