+
+
Shares

३ देशका मन्त्री भेटेर उद्योग मन्त्रीले भने- नेपालमा लगानी गर्नूस्

रासस रासस
२०७६ वैशाख ६ गते ११:३९

६ वैशाख, काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले नेपालमा लगानी गर्न विभिन्न ३ देशका मन्त्रीहरुसँग आग्रह गरेका छन् ।

बहराइनका उद्योग मन्त्री जायद आर अलजायनी, मौरिटसका व्यापार, उद्यम मन्त्री सोमिलदुध भोलाह र श्रीलङ्काका विकास योजना तथा अन्तर्राष्ट्रिय व्यापार सहायकमन्त्री नलिन बनडारासँग भेटवार्ता गर्दै मन्त्री यादवले नेपालमा लगानी गर्न आग्रह गरेका हुन् ।

उद्योग सचिव यामकुमारी खतिवडा, बहराइनका लागि नेपाली राजदूत पदम सुन्दाससहितको टोलीले सोमबार गरेको भेटका क्रममा नेपालमा लगानीबारे छलफल भएको बहराइनस्थित नेपाली राजदूतावासले जनाएको छ ।

नेपाली दूतावास बहराइनका अनुसार, जवाफमा तीनै देशका मन्त्रीले सहकार्य गर्ने प्रतिबद्धता जनाएका थिए ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?