Comments Add Comment

प्रभासको पहिलो इन्स्टा पोस्ट, बनाए अनौठो रेकर्ड

‘बाहुबली’ फेम अभिनेता प्रभास यसअघि इन्टाग्रामबाट बाह्र हात टाढा थिए । हुन त उनी सोशल मिडियामा त्यती रुची पनि राख्दैनन् ।

यसपाली भने उनलाई झ्वांक चल्यो, सामाजिक सञ्जालमा जोडिने । इन्स्टाग्राम एकाउन्ट बनाए । जसै उनको आधिकारिक इन्स्टाग्राम पेज देखियो, अपत्यारिलो ढंगले उनलाई फलो गर्नेको संख्या बढ्दै गयो । रमाइलो त के भने, उनले इन्स्टा प्रोफाइल बनाएपनि केही पोस्ट गरेका थिएनन् । पोस्ट नगर्दै उनको इन्टाग्राममा आठ लाख ९२ हजार बढी जोडिन आइपुगे । भारतिय मिडियाले लेखे, ‘इन्स्टामा पनि बाहुबली सावित भए ।’

इन्स्टा बनाउनसाथ आठ लाख ९२ हजार प्रसंशकले पच्छ्याउनु पक्कै सामान्य कुरा थिएन । यही असामान्य रेकर्ड बनाए प्रभासले । बक्स अफिसमा त प्रभासको नामले थुप्रै रेकर्ड बनाएको छ । यसपाली उनले शोसल मिडियामा पनि बनाए । भनिहालौ, दक्षिण भारतिय फिल्म उद्योगमा उनका जति इन्टाग्राम फलोअर्स अरु कलाकारको छैन । त्यसमाथि एउटै तस्वीर पोस्ट नगर्दै ।

त्यसो त प्रभासको फेसबुकमा पनि उत्तिकै प्रशंसक जोडिएका छन् । उनको फेसबुक पेजमा १० मिलियन लाइक छ ।

जब इन्स्टामा तस्वीर पोस्ट भयो

भर्खरै मात्र प्रभासले इन्स्टामा एक तस्वीर पोष्ट गरे, जुन उनको पहिलो पोष्ट हो ।

‘बाहुबली’ छायांकनकै समयमा खिचिएको एक फोटो उनले इन्स्टामा सार्वजनिक गरेका हुन् । सार्वजनिक फोटोमा प्रभासलाई एक्सन अवतारमा देख्न सकिन्छ ।

१ दिन अगाडि पोष्ट भएको प्रभासको फोटोमा ३ लाख बढी लाइक आइसकेको छ । उक्त फोटोमा प्रतिक्रिया दिनेहरुको संख्या पनि कम छैन् । धेरैले प्रभासलाई ‘इन्स्टामा स्वागत छ’ जस्ता कमेन्ट गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment