Comments Add Comment

प्रधानमन्त्री लक्षित नवलपुर बन्द फिर्ता, सुरक्षा व्यवस्था कडा

७ वैशाख, कावासोती । प्रधानमन्त्री केपी शर्मा ओलीको नवलपुर आगमनलाई प्रभावित पार्ने उद्देश्यले विप्लव नेतृत्वको नेकपाले घोषणा गरेको नवलपुर जिल्ला बन्द फिर्ता भएको छ ।

वैशाख ५ को नेपाल बन्दलगत्तै फेरि बन्द गर्दा जनजीवनमा पर्ने असरलाई मध्यनजर गर्दै वैशाख ७ गतेको नवलपुर बन्द फिर्ता लिएको नेकपा नवलपुरले जनाएको छ ।

यद्यपि प्रधानमन्त्रीको भ्रमणलाई लक्षित गरी नवलपुरको सुरक्षा व्यवस्था कडा पारिएको छ । जिल्ला सुरक्षा संयन्त्रको बैठकले प्रधानमन्त्री लगायतको सुरक्षामा कुनै कसर बाँकी नराख्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले जानकारी दिए । उनका अनुसार जिल्लाका विभिन्न ठाउँमा सादा पोशाकका प्रहरी परिचालन गरिनुका साथै तीनै तहका सुरक्षाकर्मीले सुरक्षा दिनेछन् ।

यो पनि पढ्नुहोस प्रधानमन्त्री ओली बुटवल र कावासोती जाँदै, शाश्वतधाम अवलोकन गरी फर्किने

प्रधानमन्त्री ओली शनिबार रुपन्देहीको बुटवल र नवलपुरका बिभिन्न कार्यक्रममा सहभागी हुने कार्यक्रम छ । बुटवल उपमहानगरपालिकामा रहेको ऐतिहासिक जीतगढी किल्लामा कर्णेल उजुरसिंह थापाको पूर्ण कदको सालिक अनावरण गर्ने र नवलपुर सदरमुकाम कावासोतीमा सरकारी कार्यालयहरुको एकीकृत रुपमा शिलान्यास गर्ने कार्यक्रम छ ।

एक सय ७९ बिघा क्षेत्रफलमा फैलिएको जग्गामा स्थानीय, प्रदेश र संघ अन्तर्गतका कार्यालयहरू स्थापना गर्ने योजनाअनुसार प्रधानमन्त्री ओली कावासोती आउन लागेको प्रतिनिधिसभा सदस्य तिलक महतले जानकारी दिए । सांसद महतका अनुसार कार्यक्रममा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलगायतका नेताहरु पनि कावासोती आउने छन् ।

प्रधानमन्त्री ओली प्रधानमन्त्री ओली चौधरी उद्योग ग्रामभित्र रहेको शास्वतधाम अवलोकन गरेर काठमाडौं फर्कने उनको सचिवालयले जनाएको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment