Comments Add Comment

फेसबुकले कपी गर्‍यो १५ लाख प्रयोगकर्ताका इमेल

काठमाडौं । सोसल मिडिया साइट फेसबुकले प्रयोगकर्ताको अनुमतिविनै अनधिकृत रुपमा १५ लाख प्रयोगकर्ताका इमेल ठेगानाहरु अपलोड गरेको स्वीकार गरेको छ ।
तर आफूले नियतबस यस्तो काम नगरेको फेसबुकको दाबी छ ।

नयाँ सदस्यको पहिचानको आधिकारिकता प्रमाणित गर्ने प्रणालीमार्फत प्रयोगकर्ताका डाटा यसरी उपयोग हुन गएका फेसबुकको भनाई छ ।

फेसबुकले आफ्ना नयाँ प्रयोगकर्तालाई आफ्नो इमेल अकाउन्टको पावसर्ड समेत उपलब्ध गराउन आग्रह गरेको र प्रयोगकर्ताको इमेल ठेगाना कपी गरेको थियो ।

यस विषयमा गलत भएको महसुस भएसँगै अहिले फेसबुकले नयाँ प्रयोगकर्ताको पहिचान प्रमाणित गर्ने फरक विधि अबलम्बन गरेको र इमेल कपी गर्न छाडेको बताएको छ ।

विगतमा यसरी इमेल ठेगाना लिइएका प्रयोगकर्तालाई जानकारी गराइने र उनीहरुका संकलित इमेल जानकारीहरु डिलिट गरिने पनि फेसबुकले जनाएको छ ।

फेसबुकले यसरी संकलन गरेका प्रयोगकर्ताका जानकारीहरु प्रयोगकर्ताबीचको व्यक्तिगत तथा सामाजिक सम्बन्धहरुको बारेमा थाहा पाउनका लागि प्रयोग गर्ने गरेको अनुमान गरिएको छ ।

बिजनेस इनसाइडरले फेसबुकको यस कार्यको बारेमा सबैभन्दा पहिले समाचार सार्वजनिक गरेको थियो । प्रयोगकर्ताको अनुमति विना यसरी कन्ट्याक्टहरु संकलन गर्न थालिएको सन् २०१६ को मे महिनादेखि भएको फेसबुकले स्विकार गरेको छ ।

-एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment