Comments Add Comment

राप्रपाको राजमार्ग सत्याग्रहको कार्यक्रम स्थगित

दोस्रो चरणको कार्यक्रम तय गर्न समिति गठन

७ वैशाख, काठमाडौं । राप्रपाले राजमार्ग र सडकका चोकहरुमा गर्ने भनिएको सत्याग्रहका कार्यक्रम स्थगित गरेको छ । शनिबार बसेको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले दोस्रो चरणको आन्दोलनलाई अझै प्रभावकारी बनाउने निर्णय गर्दै राजमार्गमा सत्याग्रहको कार्यक्रम स्थगित गर्ने निर्णय गरेको हो ।

राप्रपाले आइतबार राजमार्ग र चोकहरुमा सत्याग्रहको कार्यक्रम राखेको थियो । यो कार्यक्रमलाई दोस्रो चरणको आन्दोलनमा समेटिने राप्रपा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए ।

राप्रपाले दोस्रो चरणका आन्दोलनका कार्यक्रम तय गर्न वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङको संयोजकत्वमा समिति समेत गठन गरेको छ । समितिमा महामन्त्रीत्रय राजेन्द्र लिङ्देन, डा. धवल समशेर राणा, भाष्कर भद्रा, प्रदेश ३ का अध्यक्ष विक्रमबहादुर थापा, महिला संगठनकी अध्यक्ष कुन्तीकुमारी शाही र युवा संगठनका अध्यक्ष प्रकाश रिमाल सदस्य छन् । समितिलाई सात दिनभित्र आगामी आन्दोलनका कार्यक्रम तय गर्न कार्यसमितिले जिम्मा दिएको छ ।

राप्रपाले नेपाललाई हिन्दु राष्ट्र घोषणा, राजासहितको लोकतन्त्र स्थापना लगायतका माग राख्दै यसअघि पहिलो चरणको आन्दोलनका कार्यक्रम गरेको थियो । पहिलो चरणमा मेची-महाकाली पदयात्रा, हस्ताक्षर संकलन, तीनै तहका प्रशासनिक कार्यालयहरुमा धर्ना दिने, धर्मनिरपेक्षताको ब्यानर तथा पोष्टर जलाउने लगायत कार्यक्रम राप्रपाले गरेको थियो ।

हेर्नुहोस् राप्रपाको विज्ञप्ति

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment